२६ भाद्र २०८१, बुधबार / Wed Sep 11, 2024

बुडोल सामुदायिक साकोसद्वारा ‘बृहत महिला भेला तथा विस्तारित मञ्च कार्यक्रम’ सम्पन्न


काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहि सदस्यलाई सेवा प्रदान गर्दै आएको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले “वृहत महिला भेला तथा विस्तारित मञ्च कार्यक्रम” सम्पन्न गरेको छ ।
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिं अन्तर्गतको महिला तथा सामाजिक सांस्कृतिक उपसमितिको आयोजनामा भदौ १४ गते शुक्रबार अरनिको पार्टि प्यालेस बनेपामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा संस्थामा आबद्ध महिला सदस्यहरु, सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारीहरू सहित जम्मा १७६ जनाको सहभागिता रहेको जानकारी दिइएको छ ।


हिन्दु महिलाहरुको महान पर्व तिजको सन्दर्भमा आयोजित कार्यक्रममा संस्थागत प्रस्तुति, नाचगान, दोहोरी लगायतका विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु भएको थियो । महिला तथा सामाजिक सांस्कृतिक उपसमितिका संयोजक गीता कुँवर क्षेत्रीको सभापतित्व, बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष कैलाश के.सी.को आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाकी कार्यकारी अधिकृत रञ्जना सुवालले गर्नुभएको थियो । संस्थाकी महिला तथा सामाजिक सांस्कृतिक उपसमिति सदस्य अनिमा के.सी.ले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको उद्घाटन महिला तथा सामाजिक सांस्कृतिक उपसमिति संयोजक गीता कुँवर क्षेत्री र बनेपा नगर उपप्रमुख बिमला सापकोटाले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा बनेपा नगर उपप्रमुख बिमला सापकोटा र संस्थाका अध्यक्ष कैलाश के.सी.ले तिजको शुभकामना सहितको मन्तव्य राख्नुभएको थियो । कार्यक्रममासंस्थागत जानकारीहरु सहितको प्रस्तुतीकरण सदस्य सेवा प्रमुख अनिता थापाले गर्नुभएको थियो ।
कार्यक्रममा बनेपा हेल्थ केयर, बनेपा, ब्युटिजोन कस्मेटिक्स एण्ड पार्लर, बनेपा र बि.एम.के. ड्राईभिङ्ग सेन्टर, बनेपाले ८ जना महिलाहरुलाई गोलाप्रथाद्वारा विभिन्न उपहारहरुको प्रायोजन गर्नुभएको थियो । साथै बनेपा हेल्थ केयरले निःशुल्क रक्तचाप जाँच, मधुमेह जाँच र स्वास्थ्य परामर्श पनि उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि