बुडोल सामुदायिकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण

काभ्रे – बनेपास्थित बुडोल बचत तथा ऋण सहकारी संसथाले दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ ।
संस्थामा आबद्ध शेयर सदस्य श्यामकृष्ण थापामगरको गत वैशाख १५ गते घरमा रङ्ग लगाउने क्रममा २ तल्लामाथिबाट खसेर सख्त घाइते भई उपचारको क्रममा वैशाख १८ गते निधन भएकाले संस्थाको आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना बीमा बापतको रकम एक लाख रुपैया हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।
संस्थाका सचिव प्रेमनाथ शर्माले मृतककी पत्नी नानीमैयाँ थापामगरलाई बीमा बापतको रकम हस्तान्तरण गरेका थिए । संस्थाले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत संस्थामा आवद्ध १६ देखि ६० वर्ष उमेर समूहका सम्पूर्ण सदस्यहरुलाई निःशुल्क रुपमा दुर्घटना बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस अघि पनि संस्थाले दुर्घटनामा परी मृत्यु भएका १० जना सदस्यको परिवारलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरिसकेको व्यवस्थापक विवेकराज ठकुरीले जानकारी दिएका छन् । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।
