सरकार ! कृषि क्रान्तिका कुरा छोड, मकैको बोटमा लागेको किरा नियन्त्रण गरेर देखाउ !
कहाँ छन् कृषि विज्ञ ?
मिडिया क्लब – सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका बोडगाउँमा मकैमा अचम्मको रोग–किरा लागेको छ । मकै बालीमा अहिलेसम्म नलागेको रोग लागेको त्यहाँका स्थानीयले बताएका छन् । मकैमा लागेको किरालाई २ घन्टासम्म विषादीमा राख्दा पनि किरा नमरेको बताउँदै स्थानीय सुब्बा माझि भन्छन् – ‘कृषि ज्ञान केन्द्रले यसबारे चासो नै दिएको छैन, मकैबालीमा यो रोग–किरा फैलिएर नास नै भइसक्यो ।’
सरकार अहिले ठुला–ठुला कृषि क्रान्तिका कुरा गरिरहेको छ, तर सिन्धुपाल्चोक बोडगाउँका माझि समुदाय मकैको बोटमा लागेको रोग–किरा नियन्त्रण नहुँदा चिन्तित छन् । उक्त समुदायको मुख्य बाली भनेकै मकै नै हो । पहिले पहिले नगदे बाली मास उत्पादन हुन्थ्यो, अहिले मास उत्पादन नै हुन छोड्यो । जनतालाई सरकारको कृषि क्रान्ति चाहिएन, कृषि विज्ञको विज्ञता पनि चाहिएन, मकैमा लागेको किरा–रोग नियन्त्रण गर्ने औषधी उपचार देऊ !