५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

प्रचण्ड–ओलीमाथि नेपालीको आशा–भरोशामा ‘समृद्ध नेपाल’ को सपना


एस.के. लम्साल । मिडिया क्लब नेपाल

बिस्तावादी चलखेल तथा अवसरवादी झुण्डहरू एकजुट हुँदै जाँदा ‘भाई फुटे, गवाँरा लुटे’ भने झैं नहोस् !

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजाविरोधी अभिव्यक्ति आएसँगै कमल थापाहरू, धार्मिक अतिवादी जस्ता अवसरवादी तत्वहरू सल्बलाउन थालेका छन् ।
सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नागार्जुन गई राजालाई भेटेको प्रसंगले दुई शीर्ष नेताबिच नै खटपटको स्थिति उत्पन्न हुनसक्ने खतराको अड्कलबाजी भईरहेको छ । विस्तारवादी चलखेल, धार्मिक अतिवादी तथा अवसरवादी तत्वहरुको झुण्ड एकजुट हुँदै जाँदा ‘भाई फुटे, गवाँरा लुटे’ भने झै हुनसक्छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली भन्छन् –

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली

‘हामी सबै सम्हालिएर हिँड्नुपर्छ । सम्हालिएनौं भने सिद्धिन्छौं । पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन म जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ । प्रचण्डजीले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्छन् –

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘एकताका क्रममा केही सहमति गर्ने कुरा भयो । ओलीजीले तपाईं लेखेर ल्याउनुहोस् भन्नुभयो, मैले लेखेर लगें । त्यसपछि उहाँले हस्ताक्षर गर्नुभयो । मैले बोलेका कुराबाट कुनै आशंका पैदा भएको छ भने म जिम्मा लिन्छु । तर हामी एकताको कामलाई टुंगोमा र्पुयाउँछौं । एउटै डुंगामा बसेर झगडा गर्दा हामी सबै डुब्छौं भन्ने थाहा छ ।’

सत्तारुढ दलले संयमीत भएर देश र जनताको आशा र भरोशालाई डुब्न नदिन आफ्ना तीनै तहका सरकारहरुलाई बोलीमा होइन व्यवहारमा नै जनप्रीय कार्यशैली तथा आचरणमा आमूल परिवर्तन गर्न लगाउन हतार भइसकेको छ । गरिब देशको सबै तहका सरकारले र राजनीतिक उच्च तहका नेतृत्वले भड्किलो जीवनशैली त्यागेर देश र जनताको भावना अनुरुप कार्यशैली र व्यवहारमा प्रस्तुत हुनुपर्दछ । यी सरकारहरुको आचरण र कार्यशैलीमा परिवर्तन नआए पतन हुनुको विकल्प छैन ।
दुई तिहाइको सरकारलाई नेपाली जनता, राजनीतिक दल लगायत सबै तह र तप्काबाट सहयोग पु¥याई पाँच वर्षसम्म निर्विवाद काम गर्न दिएर ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा साकार पार्ने सरकारको सपनालाई पूरा गर्न सहयोग गर्नुपर्दछ ।

आन्तरिक तथा बाह्य चलखेललाई अन्त्य गर्दै परिपक्व तथा उत्तरदायीत्वपूर्ण आदर्श भूमिका निर्वाह गरेर ओली–प्रचण्डहरु नेपालीहरुको मनमस्तिष्कमा बास गर्ने यो सुनौलो अवसर पनि हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि