काभ्रेको बनेपामा पनि कपडा बैंक
दीपक तिमल्सिना । मिडिया क्लब नेपाल

काभ्रेको बनेपा पनि औपचारिक रुपमा कपडा बैंकको शुभारम्भ भएको छ । असहाय तथा विपन्न वर्गका लागि केही सुविधा पुगोस भन्ने हेतुले कपडा बैंक राखिएको हो ।
नवजीवन परोपकार समाजको सक्रियता तथा उक्त समाजकी आजिवन सदस्य सर्वश्री अधिकारीको अगुवाईमा कपडा बैंकको स्थापना गरिएको हो ।

बनेपा नगरपालिका नजिकै राखिएको कपडा बैंकबाट कपडा आवश्यक हुनेले निःशुल्क लान सक्नेछन भने प्रयोग गर्न मिल्ने (पुरानो तथा नयाँ) कपडा हुनेले उक्त स्थानमा लगेर राख्न सक्नेछन् ।
उद्घाटन भए पनि यसको दीर्घकालिन संरक्षण र व्यवस्थापनमा केही चुनौती आउन सक्छ । यो कार्य बिल्कुलै सामाजिक काम भएकाले व्यवस्थापनमा पनि जनसमुदायबाट सहयोगको अपेक्षा गरेको बताउँदै अगुवा भुमिका खेल्नुभएकी सर्वश्री अधिकारी भन्नुहुन्छ – ‘दिनदिनै कपडाको चाप बढ्यो तर लाने मान्छे कम भएको खण्डमा प्रयोग गर्न मिल्ने राम्रा कपडाहरु विभिन्न आश्रम, प्राकृतिक प्रकोपको विपती परेका ठाउँ, चेपाङ बस्तीमा आदिमा पु¥याउने छौं, प्रयोग गर्न नमिल्ने कपडाहरु कपडा बैंकमा जम्मा भएमा ती कपडाहरुलाई पेलेर डस्ना बनाउनेछौ र त्यसै ठाउँहरुमा पुर्याउने योजना बनाएका छौ । लाने मान्छे धेरै तर बैंकमा कपडा कम जम्मा भएमा अन्य ठाउँमा भएका कपडा बैंकसँग सहकार्य गरी आवश्यकतालाई पूरा गर्नैछौं ।’
