अब काठमाडौंको म्हैपी क्षेत्र पनि सिसि क्यामेराको निगरानीमा
काठमाडौ– प्रदेश नं ३ सरकारको सहयोगमा काठमाडौँ महानगरपालिका–१६ म्हैपीमा सिसि क्यामरा जडान तथा नवनिर्मित शौचालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बटन थिचेर गर्नुभएको हो । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख शाक्यले महानगरभित्र शान्ति सुरक्षा कायम गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रदेशसभा सदस्य बसन्त मानन्धर र वृत्त प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौर लगाएतको उपस्थिति रहेको थियो । महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले प्रविधिको विकास, अपराध न्यूनीकरण र नगरपालिकाको सुरक्षा प्रत्याभूति दिलाउन सिसि क्यामेरा अति नै आवश्यक रहेको औल्याउनुभयो । उहाँले मैह्पी र ठमेल क्षेत्र रातको समयमा पनि अति नै व्यस्त हुने क्षेत्र भएकोले सिसि क्यामेरा जडान गरिएकोप्रति प्रदेश ३ को सरकारलाई धन्यवाद दिनुभयो । सिसी क्यामरा निगरानी महानगरीय प्रहरी वृत्त लैनचौरले गर्नेछ ।
