आरक्षण माग गर्दै बालुवाटारमा विरोध प्रर्दशन
मिडिया क्लब नेपाल । काठमाडौं

जनजातिसँग सम्बन्धित संघ संस्थाहरुले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रर्दशन भएको छ ।
संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चिता गरेको सन्र्दभमा राज्यले त्यसलाई वेवास्ता गरेको भन्दै विरोध प्रर्दशनमा उत्रिएका हुन् ।
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका हुन् ।
प्रदर्शनकारीले संविधान ‘मिच्न पाईदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर’ भन्दै नाराबाजी गरेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली बिरुद्ध नाराबाजी गरेका प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसँग सामान्य झडप समेत भएको थियो ।
