११ माघ २०८२, शनिबार / Sat Jan 24, 2026

अस्कर अवार्डका लागि ‘बुलबुल’ निर्विरोध सिफारिस


मिडिया क्लब नेपाल, काठमाडौं

‘एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइसेन्स’द्वारा प्रदान गरिने ९२ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) २०२० का लागि अन्तर्रा्ष्ट्रिय फिचर चलचित्र विधामा नेपालबाट ‘बुलबुल’ चलचित्र प्रतिष्पर्धाका लागि सिफारिस भएको छ । बुधबार बसेको अन्र्तराष्ट्रिय फिचर चलचित्र छनोट समितिको बैठकले विनोद पौडेलद्वारा निर्देशित फिल्म ‘बुलबुल’ लाई सिफारिस गरेको हो ।
‘बुलबुल’ले सन् २०२० फेब्रुअरी ९ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने ९२ औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) मा अन्तर्रा्ष्ट्रिय फिचर चलचित्र विधामा अन्य देशका फिल्महरूसँग प्रतिस्पर्धा गर्नेछ ।

विमल पौडेलको अध्यक्षतामा रहेको समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली ‘कपील’, सामीप्यराज तिमल्सेना सदस्य छन् भने सचिवमा चिरञ्जीवी गुरागाईं छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि