फैलदै डेंगुको डर, यसरी बच्न सकिन्छ
मिडिया क्लब नेपाल । काठमाण्डौ उपत्यकासहित ४२ भन्दा धेरै जिल्लामा डेंगुको त्रास बढेको छ । वर्षाको सावधानी नअपनाउँदा डेंगुको त्रास बढेको विज्ञहरुले बताउँदै आएका छन् । पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यस्तो लामखुट्टे शहरमा बढी देखिएको डाक्टरहरु बताउँदै आएका छन् ।
डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरले बताएका छन् । स्वस्थ व्यक्तिमा पनि डेंगु हुन सक्ने भएकाले सचेत रहन चिकित्सकले सुझाएका छन् ।
डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन । यो भाइरसजन्य रोग हो । तर एडिस एजिप्टाइ नामक लामखुटट्ले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ । पोथी लामखुट्टेको टोकाइका कारण यो भाइरस सर्ने डाक्टरले बताएका छन् ।
डेंगु रोगको नियन्त्रणका लागि स्थानीय निकायदेखि अगाडि बढ्न हतार भइसकेको छ ।
डेंगुका लक्षण
– उच्च ज्वरो आउनु
– टाउको दुख्नु, पेट दुख्नु
– वाकवाकी लाग्नु
– आँखाको गेडी दुख्नु
– जीउ, जोर्नी दुख्नु
– उच्च ज्वरो आएको ३, ४ दिन पछि रातोरातो बिमिरा आउनु
रोकथामका उपाय
– पानी जम्न सक्ने भाँडाहरु जस्तैैः गमला, फुलदानी खाली गर्ने
– बट्टा, मट्टीतेलका खाली ड्रमहरु, गाडीको टायर घरको वरिपरी नराख्ने । राख्नै परे पानी जम्न नदिने ।
– पानी जम्मा पारेका ट्याङकी तथा बाल्टीमा एक हप्ताभन्दा बढी समय पानी नराख्ने । राख्नै परे राम्रोसँग बिर्कोले छोपेर राख्ने ।
– फुलदानीको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने ।
– एडिस इजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पुरै ढाक्ने कपडा लगाउने ।
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने
– बालबालिकालाई सुताउँदा पनि झुल भित्रै सुताउने
– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि लगाउने
– घरका झ्याल ढोकामा जाली लगाउने
– घर वरपर सफा सुग्घर राख्ने, खाल्डाखुल्डी पुर्ने
डेंगु देखिए के गर्ने ?
– डेंगु रोगको लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।
– उच्च ज्वरो आए सिटामोल र झोलिलो पदार्थ खानुपर्छ ।
– उच्च ज्वरो आयो भन्दैमा बु्रफिन लगायतका औषधि खानु हुँदैन ।
– समयमा नै रगत परीक्षण गराउनुपर्छ ।
जीउ, जोर्नी दुख्नु उच्च ज्वरो आएको ३, ४ दिन पछि रातोरातो बिमिरा आउनु