४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाका लागि ५१ अर्ब लगानीको सम्झौता


मिडिया क्लब नेपाल, काठमाडौं । रसुवामा निर्माण हुने २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा लगानीका लागि ९ वटा लगानीकर्ता र आयोजना प्रवद्र्धक कम्पनीबीच वित्तीय सम्झौता भएको छ । आयोजनामा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अगुवाइमा ४५ करोड ३० लाख डलर अर्थात ५१ अर्ब १८ करोड रुपैयाँ रकम लगानी गरिने भएको छ ।

लगानी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाको निर्माण सुरु हुने प्रवद्र्धक कम्पनीले जनाएको छ । निर्माण सुरु गरेको ५ वर्षभित्र आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य रहेको आयोजनाले बताएको छ । आयोजनाको कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर छ । आयोजना ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजीबाट निर्माण गर्न लागिएको पनि अयोजनाले बताएको छ ।

आयोजनामा विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले १६ करोड १३ लाख, एसियाली विकास बैंक (एडीबी) ले ६ करोड, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले ३ करोड ९६ लाख, कोरियाली निर्यात–आयात बैंक (केएक्जिम) ले १० करोड, कोरिया डेभलपमेन्ट बैंक (केडिबी) ले ३ करोड ८ लाख डलर ऋण लगानी गर्नेछन् । यस्तै सीडीसी ग्रुप (सीडीसी) को २ करोड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ) को १ करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युसन (प्रोपार) को १ करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फन्ड (ओएफआईडी) को १ करोड ३२ लाख डलर ऋण लगानी रहनेछ ।
आयोजनाका लागि मुख्य संरचनाका लागि आवश्यक जग्गा अधिग्रहण भइसकेको प्रवद्र्धक कम्पनीले जनाएको छ । ७६ हेक्टर सरकारी जग्गा, १५ हेक्टर विभिन्न ट्रस्टको स्वामित्वमा रहेको जग्गा, ७ रोपनी निजी जग्गा गरी १०५ हेक्टर जग्गा अधिग्रहण गरिएको कम्पनीले जनाएको छ । आयोजनाको प्रसारण लाइन र टावर राख्ने जग्गा अधिग्रहण बाँकी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि