काभ्रेमा टिपर दुर्घटना हुँदा एकको मृत्यु

मिडिया क्लब नेपाल, धुलिखेल । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–११ पात्लेखेतमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको को टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त टिपर सटकबाट लगभग १५० मिटर तल खोचमा खसेको थियो ।
टिपर चालक सिन्धुलीको नामपुल गाउँपालिकाका २४ वर्षिया गणेश बहादुर कार्कीको घटनास्थलमै मृत्युभएको प्रहरी चौकी काभ्रेभञ्ज्याङ्गले बताएको छ ।
