स्थानीय निकाय ज्यादा लुट्ने काममा जुटिरहेका छन् : माधव कुमार नेपाल
स्थानीय तह काम हैन ज्यादा लुट्ने काममा जुटिरहेका छन् । त्यो पैसाले तीनीहरुको दुइटा आँखा हैन, तेश्रो नेत्र पनि उघ्रिएको छ । आफूले मिल्ने खाले कर्मचारी लिएर गयो, कागजपत्र मिलायो अनि पैसा धमाधम खायो । त्यसको निम्ति वर्तमान सरकारको अनुगमन प्रणाली कमजोर भएको छ । अधिकार दिने हो तर नियन्त्रण पनि गर्ने हो ।
अधिकार र अनुगमन बीचको सन्तुलन भएन । अनुगमन र सुपरिवेक्षणका आधारमा राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने प्रजण्ड भनेको अत्यन्तै कडा कारवाही गर्नुपर्छ, सात पुस्तासम्मको सम्पति जफत गर्ने तहमा गइयो भने बल्ल तह लाग्छ, नेपालीहरु सजिलै तह लाग्दैनन् । अधिकार मात्र चाहिएको छ ।
कर्मचारीहरुमा पनि नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस सबैतिर अनियमितता छ । कर्मचारी, नेता, मन्त्री सबै संलग्न भएर बिगारिरहेका छन् । एडभान्स लिएपछि के आउँछ परिणाम ? अनि कसरी आउँछ राम्रो परिणाम ?
(नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दिएको भाषणको सम्पादित अंश)