फेसबुकबाट गुगलमा सजिलै फोटो सार्न सकिने

एजेन्सी । सोसल मिडिया साइट फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि एक नयाँ टूल लिएर आएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् ।
फेसबुकले यो नयाँ फिचर आयरल्याण्डबाट सुरु गरेको हो । सन् २०२० बाट यो विश्वका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । गत वर्ष फेसबुकले घोषणा गरेको डाटा ट्रान्सफर परियोजनाकै एक हिस्साको रुपमा यो नयाँ टूलको विकास गरिएको भनाइ छ ।
फेसबुकको डाटा ट्रान्सफर प्रोजेक्टले एप्पल, गुगल, माइक्रोसफ्ट तथा ट्वीटरसँग मिलेर प्रयोगकर्तालाई आफ्ना डाटाहरुलाई विभिन्न अनलाइन सेवाहरुको बीचमा ट्रान्सफर गर्ने एक आम तरिका उपलब्ध गराउनेछ । फेसबुकले एक ब्लग पोष्टमा लेखेको छ, ‘यो प्रोजेक्टको उद्देश्य प्रयोगकर्ताका लागि फरक–फरक तथा हरेक प्रकारका सेवाको बीचमा सुरक्षित रुपले एक सेवाबाट अर्को सेवामा डाटा ट्रान्सफर गर्नु हो । जसबाट यी सेवाहरु प्रयोग गर्नेहरुका डाटाहरु प्रसारयोग्य हुनेछन ।’