चार परियोजनाका लागि गरी नेपाललाई एडिबीको ४० अर्ब थप ऋण

मिडिया क्लब नेपाल, काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालमा चार नयाँ परियोजनाको लागि अर्ब ८१ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गर्ने समझदारी गरेको छ ।
एडिबीले नेपाल सरकारका अधिकारीहरुसँग ३५८ मिलियन डलर (मंगलबारको विनिमयदरअनुसार ४० अर्ब ८१ करोड) सहुलियत दरको ऋण सहयोग गर्ने समझदारी गरेको हो ।
ऋण सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरेका छन् ।
एडिबीले दिएको ऋण सहायतामध्ये मुग्लिङ–पोखरा सडकको स्तरोन्नति गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदीको बाढी व्यवस्थापन तथा सुधारका लागि ६ करोड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५.५ करोड अमेरिकी डलर खर्च गरिनेछ ।
