सडक कार्यालयका इञ्जिनियर २० लाख घुस लिँदालिँदै पक्राउ
मिडिया क्लब नेपाल, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठ पक्राउ गरेको छ ।
मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनीहरुको साथबाट १०÷१० लाख बरामद गरिएको अख्तियार स्रोतले जनायो ।
उनीहरूमाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ ।