३० माघ २०८१, बुधबार / Wed Feb 12, 2025

इम्बोस्ड नम्बरविरुद्धको रिट सर्वाेच्चद्वारा खारेज


मिडिया क्लब नेपाल, काठमाडौं । सर्वाेच्च अदालतले उच्च प्रविधिको सवारी नम्बर प्लेट (इम्बोस्ड) जडान गर्ने बाटो खोलिदिएको छ ।

सर्वाेच्च अदालतको संवैधानिक इजलासले विवादसम्बन्धी रिट खारेज गर्दै इम्बोस्ड जडान गर्ने बाटो खुलाइदिएको हो । अधिवक्ता भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले दायर गरेको रिट सर्वाेच्चले खारेज गरेको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधिशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत छन् ।

सोही रिटमा फागुन १० गते न्यायाधीश गोपाल पराजुलीको कारण देखाउ आदेश गरी इम्बोस्ड जडान गर्ने कार्यलाई यथास्थितीमा राख्न आदेश दिएको थियो । सोही महिनाको २२ गते गोपाल पराजुली र दीपकराज जोशीको इजलासले मिसिल झिकाउने आदेश दिएको थियो । इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अंक प्रयोग गर्दै राष्ट्रिय पहिचान मेटिएको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : mediaclubnepal2019@gmail.com
सामाजिक संजालमा हामि