५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

काठमाडौं विश्वविद्यालयबाट ३१ हजार ९ सय ४३ विद्यार्थी दिक्षित


दीपक तिमल्सिना, मिडिया क्लब नेपाल । काठमाडौं विश्वविद्यालयको २५ औं दिक्षान्त समारोह दुई चरणमा सम्पन्न भएको छ ।

काठमाडौँ विश्वविद्यालयको पच्चीसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय, धुलिखेलमा सम्पन्न भएको छ । दोश्रो चरणको दिक्षान्त समारोहमा आटर््स्, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट र साइन्स विधाका विद्यार्थीहरू दीक्षित भएका हुन । पहिलो चरणको कार्यक्रममा छुटेका ब्याचलर अफ फिजियोथेरापीका १२ जना स्नातकसमेत दोस्रो चरणको कार्यक्रममा दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ ।
समारोहमा १६ जना पीएचडी र ५५ जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १,५४६ जनालाई उपाधि । त्यसमध्ये आर्ट्स्का २११ जना, एजुकेसनका १६८ जना, इन्जिनियरिङका ३७१ जना, लका ४१ जना, म्यानेजमेन्टका ४८३ जना र साइन्सका २६० जना रहेका छन् । दीक्षित हुनेहरूमध्ये पुरुष ८६७ जना र महिला ६७९ जना रहेका छन् ।

कार्यक्रममा ल्यान्ड म्यानेजमेन्ट विषयमा पहिलोपटक पीएचडी उपाधि प्रदान गरिएको छ । नेपालमै पहिलोपटक कार्यक्रम सुरु गरिएको बीई इन केमिकल इन्जिनियरिङका स्नातकहरू पनि यही कार्यक्रममा पहिलोपटक दीक्षित भएका हुन । स्कुल अफ लबाट बीबीएम एलएलबी गरेका स्नातकहरूलाई पनि त्यही कार्यक्रममा पहिलोपटक दीक्षित गरिएको हो ।

कार्यक्रममा दीक्षित हुनेहरूमध्ये अर्जेन्टिना, भारत, इजरायल, जापान, केन्या, मालदिभ्स, पाकिस्तान, स्विडेन, युक्रेन, बेलायत र अमेरिका गरी ११ देशका १३ जना विद्यार्थी विदेशी । दुवै चरणको कार्यक्रममा गरी पच्चीसौँ दीक्षान्त समारोहमा ३१५० जना दीक्षित । तीमध्ये १४ देशका २५९ जना विद्यार्थी विदेशी रहेको विश्वविद्यालयले जनाएको छ ।

हालसम्ममा काठमाडौँ विश्वविद्यालयबाट ३१,९४३ जना दीक्षित भईसकेका छन् ।
दोश्रो चरणको समारोहमा प्रमुख अतिथि डा. इडेन वाई वुन थिए । उनि थाइल्यान्डको बैङ्ककमा प्रधान कार्यालय रहेको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) का अध्यक्ष हुन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि