‘अन्र्तराष्ट्रिय मुद्रा कोष’को टोली फेरि नेपाल आउँदै
मिडिया क्लब नेपाल, काठमाडौं । ‘उच्च आर्थिक बृद्धि दर नेपालले थेग्न सक्दैन’ भन्दै दिगो आर्थिक बृद्धिको लक्ष्य लिन सुझाव दिएर गत वर्ष फर्किएको ‘अन्तर्राष्ट्रिय मुद्रा कोष’को टोली फेरि नेपाल आउने भएको छ ।
आगामी जनवरी ५ तारिख टोली नेपाल आउन लागेको हो । नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको अध्ययन गर्न मुद्रा कोषको टोली नेपाल आउन लागेको हो । करिव सात सदस्यीय टोली आर्टिकल-IV मिसनका लागि नेपाल आउन लागेको हा े। उनीहरू करिब १५ दिनसम्म नेपालमा बसेर अध्ययन गर्नेछ ।