काठमाडौंमा ९९ चिनियाँ नागरिक पक्राउ, साइबर अपराधमा संलग्न भएको आशंका
मिडिया क्लब नेपाल, काठमाडौं । चिनियाँ नागरिकहरु अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले सोमबार काठमाडौंमा ९९ चिनियाँ नागरिक पक्राउ गरेको छ । प्रहरीले सञ्चालन गरेको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनबाट एकैदिन ९९ जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो । त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको प्रहरीले बताएको छ ।
एउटै घरमा २५ देखि ३० जनासम्म बसेर ब्यारेक सिस्टममा काम गरिरहेको भेटिएको काठमाडौं प्रहरीले जनाएको छ ।
चिनिया नागरिकबाट प्रहरीले ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरेको छ ।