यूकेको यात्रासम्बन्धी प्रतिबन्धात्मक सूचीबाट हट्यो नेपाल
काठमाडौं । ब्रिटेनले नेपाललाई कोभिडका कारण यात्रा प्रतिबन्ध लगाएका मुलुकहरुको सूची (रेड लिस्ट) बाट हटाएको छ ।
कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर थुप्रै देशलाई यूकेले यात्रामाथि प्रतिबन्ध घोषणा गरेको थियो ।
तर बिहीवार ब्रिटिश सरकारले ’रातो सूची’ मा राखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेपछि अब ब्रिटेन आउने नेपाली विद्यार्थी तथा अन्य यात्रुले सहज रुपमा त्यहाँ पुग्न पाउनेछन् ।
आउँदो सोमवारदेखि नयाँ नियम लागु गरिने बताइएको छ ।