निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वाेच्च अदालतले बाटो छेक्यो
एस.के. लम्साल, निजगढ । पछिल्लो समय सरकार र राजनीतिक नेतृत्वको ध्यान ठूला र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत भएपनि यसमा अनेक खालका स्वार्थ समूहले वाधा खडा गर्ने गरेका छन् । यसकै एउटा ज्वलन्त उदाहरण हो हालै सर्वाेच्च अदालतले निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न जारी गरेको अन्तरिम आदेश ।
तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौंमा हवाई यात्रुको चाप व्यवस्थापन गर्न निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको कुनै विकल्प नभएको बताउँदै उनले भने – ‘म आशावादी छु, त्यो गम्भीरतालाई सबै पक्षले बुझ्नेछन् ।’
टर्कीको इस्तानबुलमा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा २४ लाख रुख कातिटएको प्रसंग उल्लेख गर्दै मन्त्री भट्टराईले भने – ‘हाम्रोमा त्यति रुख पनि काटिँदैन । अहिले इस्तानाबुल विमानस्थल अन्तराष्ट्र्रिय हवाई उडानको हब बनेको छ । हामी चाहिँ एउटा हाँगो काट्ने कि नकाट्नेमा बहस गरेर बसिरराख्ने !’
मन्त्री भट्टराईले चीनले थ्री गर्जेज हाइड्रो पावर बनाउने बेला त्यहाँ पनि यस्तै खालका बहस भएका स्मरण गराए । तर चीनले बनाएर छाड्यो, अहिलेको चीनको सम्पन्नताको एउटा आधार त्यही हाइड्रो भएको छ । उनले थपे – ‘हाम्रो सरकारको प्रतिबद्धता निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल बनाउनेमा छ, त्यो बन्छ ।’