५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

नेपाल–चिन अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गरिने


मिडिया क्लब नेपाल, काठमाडौं । नेपाल र चीनबीचको अन्तरदेशीय प्रसारणलाइनको निर्माणको थप प्रक्रिया अघि बढ्ने भएको छ । दुबै देशले आ–आफ्नोतर्फका भूभागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत सम्भाब्यता अध्ययन अघि बढाउने सहमति गरेका हुन् ।

नेपाल चीनबीचको संयुक्त ऊर्जासम्बद्ध प्राविधिक समिति बैठकमा यस्तो सहमति भएको हो । प्राविधिकस्तरमा संयुक्त रुपमा परियोजनाको विस्तृत अध्ययन गर्ने विषयमा प्राधिरकण र स्टेट ग्रिड कर्पाेरेशन अफ चाइनाबीच छलफल भएको थियो । दुई देशका ऊर्जा सचिवस्तरको बैठकमा थप छलफल हुने बताइएको छ ।

चीनले यसअघिका छलफलहरुमा प्रसारणलाइन निर्माणका लागि सम्भाब्यता अध्ययन गर्नुअघि नै लगानी मोडालिटी टुंग्याउन प्रस्ताव गर्दै आएको थियो । उसले उच्च क्षमताको अन्तरदेशीय प्रसारणलाइन पूर्ण अनुदानमा बनाउन नसकिने बताउँदै आएको छ । जसका कारण यस अघि अध्ययन प्रक्रियासमेत अल्झिएको थियो ।

अब भने अध्ययनको मोडालिटीमा परेको गाँठो फुकेको छ । दुबै देशले आफ्नो आफ्नोतर्फका लाइनको विस्तृत अध्ययन गर्नेछन् । नेपालले भारतबाहेकका अन्य मुलुकसँग अहिलेसम्म प्रशारणलाइन सम्झौता गरेको छैन ।

यसरी गरियो प्रारम्भिक अध्ययन

यो प्रसारणलाइन बनाउन परियोजनाको प्रारम्भिक सम्भाब्यता अध्ययन भइसकेको छ । गत मार्च १७ मा प्रारम्भिक अध्ययनको मस्यौदा पेश भएको थियो ।
अध्ययन अनुसार चीनतर्फ ५ सय केभीको लाइन हुनेछ भने नेपालतर्फ ४ सय केभीको । बीचमा कन्भर्टर स्टेशसन राखेर लाइनको व्यवस्थापन गरिनेछ । यो परियोजनाको विस्तृत सम्भाब्यता अध्ययन र वातावरण अध्ययनको काम २ वर्षभित्र सकाउने लक्ष्य छ ।
प्रारम्भिक अध्ययनमा पावर टावर र सबस्टेशन रहने स्थान, नदी क्षेत्र, राष्ट्रिय निकुञ्जसहित विवरणहरु समेटिएको छ । नेपालतर्फ रातोमाटेमा सबस्टेसन रहनेछ भने चीनतर्फ जिलोङमा । यो प्रसारणलाइन निर्माण सुरु भएको ६ वर्षभित्र निर्माण गरेर सञ्चालनमा ल्याउने योजना छ । नेपालको भारतसँग ११ वटा अन्तरदेशीय प्रसारणलाइन छ । यो अन्तरदेशीय प्रसारणलाइन आयोजना चीनको ‘वान बेल्ट वान रोड’ परियोजनामा आबद्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि