दरबार हाइस्कुल पुर्ननिर्माण : चिनले बनाइदियो जस्तोको तस्तै (फोटो सहित)
दीपक तिमल्सिना, मिडिया क्लब नेपाल । २०७२ साल वैशाख १२ गते आएको विनासकारी भूकम्पले भत्काएको ‘दरबार हाई स्कूल’ पुरानै ढाँचामा सम्पूर्ण रुपमा पुननिर्माण सम्पन्न भइसकेको छ । चीन सरकारको ८५ करोडको सहयोगमा देशको सबैभन्दा पुरानो स्कुल ‘दरबार हाइस्कूल’को पुनर्निमाण भएको हो ।
राणा शासनका र्सस्थापक श्री ३ महाराज जङ्गबहादुर राणाको पालामा बिक्रम सम्बत १९१० स्थापित दरबार हाइस्कूलमा धेरै बर्षसम्म राणाहरु, तीनका भाइभारदारहरु र उनीहरुले अनुमति दिएका मानिसहरु मात्र पढ्न पाउँथे ।
यसपछि अर्का राणा प्रधानमन्त्री श्री ३ चन्द्र समशेरले सर्वसाधारणले पढ्न पाउने गरी त्रि–चन्द्र कलेज (राजा त्रिभुवन र राणा चन्द्र समशेरको नाममा) स्थापना गरेका हुन ।