१८ मंसिर २०८२, बुधबार / Wed Dec 3, 2025

अनैकोट भ्यू टावरमा दोस्रो बृहत साँस्कृतिक ल्होछार कार्यक्रम हुँदै


मिडिया क्लब नेपाल, काभ्रे । २८५६ औं जिवा ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ, वडा ल्होछार मुल समारोह समितिको आयोजनामा माघ २४ गते काभ्रेको अनैकोटमा दोस्रो बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पूर्व ऊर्जा मन्त्री लालध्वज तामाङ, भाषा तथा संस्कृति विद काजिमान थिङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति हुने आयोजकले बताएको छ । कार्यक्रममा विशाल काल्तान, अमिर दोङ, कुङसाङ रुम्बा, विशाल थिङ, सुनिता लुङ्बा, सुष्मा मोक्तान, वीर तामाङ, आसमान वाइबा, सरला भ्लोन, सुन्दरी दोङ, पासाङ दोङ लगायत राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुति हुने आयोजकले बताएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य तामाङ जातिको धर्म, संस्कृति, भेषभुषा तथा कलाको संरक्षण र प्रवद्र्धन गर्नु हो । साथै अनैकोटलाई पर्यटकीय क्षेत्रमा विकास गर्न पहल पनि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि