४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

फुटबलका गतिविधि सञ्चालन गर्ने एन्फाको निर्णय


मिडिया क्लब नेपाल, काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्काे महिनाबाट फुटबलका गतिविधि सञ्चालन गर्ने निर्णय गरेसँगै खेलाडीहरू उत्साहित बनेका छन् ।
कोरोना भाइरसको महामारीका कारण स्थगित फुटबलका गतिविध पुनः सुचारु गरिने एन्फाले जनाएसँगै खेलाडीहरु पनि खुशी बनेका छन् ।

एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट दोस्रो चरणका खेलको अभ्यास अर्को महिनादेखि सुरु गर्ने जानकारी दिएको हो ।
एन्फाको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले विश्वकप छनोटका खेल सुचारु गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप), स्वास्थ्य मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने जनाएको छ ।

यसैगरी एन्फाले एसियाली फुटबल महासंघ ९एएफसी० को निर्देशिका अनुसार अभ्यास सुरु गर्न सरकारसँग आग्रह गर्ने जनाएको छ ।
एन्फाले छिट्टै सम्बन्धित निकायको स्वीकृतीका लागि पत्राचार गर्न भएको छ । फिफा विश्वकप अन्तरगतका खेल अक्टोबर ८ बाट नेपालमा हुने तय छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि