३ मंसिर २०८१, सोमबार / Mon Nov 18, 2024

भारत–चीन सीमा विवादमा आफू जिम्मेवार नभएको चिनको दाबी


एजेन्सी । भारत–चिन सिमा विवादले गलवानमा केही सैनिकहरुको मृत्यु हुने गरी भएको घटनाको जिम्मेवार आफू नभएको चीनको बेइजिङस्थित परराष्ट्र मन्त्रालयले दाबी गरेको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त घटना लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात सीमाको वास्तविक नियन्त्रण रेखामा चिनियाँ क्षेत्रपट्टि भएको दाबी गर्दै कसको गल्ती हो भन्ने स्पष्ट भएको टिप्पणी गरेका छन् ।
मङ्गलवार सार्वजनिक भएको घटनामा २० जना भारतीय सैनिकको मृत्यु भएको पुष्टि भारतीय पक्षले गरिसकेको छ । चिनियाँ सैनिकहरू पनि हताहत भएको भारतको दाबी छ । तर बेइजिङले त्यस विषयमा मुख खोलेको छैन ।

चिनियाँ सेनापट्टि भएको क्षतिबारे सोधिएको प्रश्नमा झाओले सोझो उत्तर नदिई सीमा सुरक्षाका लागि खटिएका टोलीहरूले संयुक्त रूपमा विवाद समाधान गर्न खोजिरहेका तथा भारत–चीन सीमामा समग्रमा स्थिर अवस्था भएको बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि