किन भयो भारत–चिन विवाद ?
मिडिया क्लब नेपाल । हाल भारत चिन बिच सिमामा उत्पन्न विवाद नयाँ हैन । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ ।
दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारत नराम्ररी पराजित भएको थियो ।
चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ । त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ ।
सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन् ।
गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात समेत हालाहाल भएको थियो ।