१६ माघ २०८१, बुधबार / Wed Jan 29, 2025

काभ्रेको चौरीदेउराली मदिरा निषेधित पालिका


मिडिया क्लव नेपाल, काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरिएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा आयातित सबैखाले मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बताए ।
उनका अनुसार सभाले गाउँपालिकाभित्र साउन १ गतेदेखि लागू हुनेगरी घरेलु उत्पादित रक्सी तथा आयातीत सबै खाले मादक पदार्थको व्यावसायिक उत्पादन, ओसारपसार तथा खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध एवं निषेध गरिएकाले सम्बन्धित पसल व्यवसायी, ढुवानी व्यवसायी तथा जनसमुदायलाई सो निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नीति तथा कार्यक्रम र गाउँ सभाले गरेको निर्णयलाई बर्खिलाप हुने गरी कुनै क्रियाकलाप गरिएको पाइएमा कानूनअनुसार कार्वाही हुने जनाएको छ ।
पालिकाले गरेको निर्णयमा सहयोग गर्न आम समुदाय र व्यवसायीहरुलाई आग्रह गर्दै पसल व्यवसायीहरुले बिक्री–वितरणका लागि राखिएको मादक पदार्थ स्कट भएमा साउन १५ गतेभित्र नष्ट वा फिर्ता गर्नसमेत आग्रह गरेको छ ।
जिल्लाका १३ वटा पालिकामध्ये चौँरीदेउराली गाउँपालिकाले नीतिगत रुपमा नै मदिरा निषेध पालिको घोषणा गरेको यो पहिलो हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि