५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

महाभारत गाउँपालिकाको पहलमा हेलिकप्टरबाट गर्भवतीको उद्धार


मिडिया क्लब नेपाल, काभ्रे । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।

दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएका उनको स्थानीय गोकुले स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

हेलिकप्टर उडानका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग अनुमति माग गरेअनुसार प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिई हेलिकप्टर प्रयोग गरिएको अध्यक्ष जिम्बाले बताए ।
गोकुले स्वास्थ्य चौकीका इञ्चार्ज प्रवीण कुँवरका अनुसार सुत्केरी व्यथाका कारण साउन २ गते दिउँसो स्वास्थ्य चौकीमा ल्याइएको उनको उच्च रक्तचाप, व्यथा लामो हुनु, अग्रिम रक्तस्राव हुनु र पाठेघरको मुख नखुलिएका कारण तत्काल अस्पताल र्पुयाउनुपर्ने अवस्था भएकाले आज गाउँपालिकाको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको हो ।

थोकरको प्रसूति गृह थापाथलीमा उपचार भइरहेको अध्यक्ष जिम्बाले बताउए । डाँडापारि क्षेत्रमा कच्चीसडक सञ्जाल मात्रै भएको र अहिले बर्षातका कारण बाटो अवरुद्ध भएर सवारीसाधनसमेत चल्न नसकेकाले हेलिकप्टरमार्फत उद्धार गर्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि