१६ असार २०८१, शनिबार / Sat Jun 29, 2024

कोरोनाबाट विश्वमा साढे ६ लाख मानिसको मृत्यु


एजेन्सी । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ५५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा झण्डै ४ हजारको मृत्यु भएसँगै मृतकको संख्या ६ लाख ५५ हजार ८ सय ६३ पुगेको हो ।

अमेरिकामा कोरोनाले डेढलाख भन्दा बढीको मृत्यु भइसकेको छ । २४ घण्टामा ५ सय ६८ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय १६ पुगेको छ ।
ब्राजिलमा हिजो ६ सय २७, भारतमा ६ सय ३६, मेक्सिकोमा ३ सय ६, दक्षिण अफ्रिकामा २ सय ९८ र रसियामा ८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ११ हजार बढी संक्रमित थपिएका छन् । अमेरिकामा ६० हजार, भारतमा ४६ हजार, ब्राजिलमा २३ हजार ५ सय, दक्षिण अफ्रिकामा ७ हजार, रसियामा ५ हजार ६ सय र मेक्सिकोमा ५ हजार ४ सय जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि