५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

विश्व स्वास्थ्य संगठनको चेतावनी : कोरोनाको अचुक औषधी बन्दैन


एजेन्सी । कोरोना भाइरसको कहर लगातार जारी रहेको छ । नेपाल सहित विश्वका २१३ वटा देशहरुमा कोरोना भाइरसको महामारी व्याप्त छ ।
कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउन सारा विश्व लागिरहेको छ । वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर हालसम्म अर्थपूर्ण सफलता भने पाउन सकेका छैनन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यू.एच.ओ) का प्रमुख डा. टेड्रोस अधनोम घेब्रेयेससले एक चेतावनी दिँदै एउटा भ्याक्सिनले मात्रै कोरोना भाइरसको महामारी नसकिने बताएका छन् ।
डब्ल्यूएचओले सोमवार कोरोना भाइरसबाट बच्नको लागि भ्याक्सीन बनाउने रेस तीव्र भएको बताएको छ ।
साथै कोरोनाबाट बच्नको लागि सायदै कुनै अचुक औषधि नबन्ने डब्ल्यू.एच.ओ.ले बताएको छ । त्यस्तै डब्ल्यू.एच.ओ.ले अहिलेको यो अवस्थाबाट सामान्य अवस्थामा फर्किन धेरै समय लाग्ने बताएको छ ।

यसो भन्छन् विश्व स्वास्थ्य संगठन प्रमुख

टेड्रोसले भनेका थिए कि, कोरोना कहिल्यै नष्ट नहुन पनि सक्छ, त्यसैले हामीले यसको साथमा जीवन काट्न सिक्नुपर्छ ।
कोरोना अन्य भाइरस भन्दा बिल्कुलै फरक छ, किनभने यसले आफूलाई परिवर्तन गरिरहेको छ ।
मौसम परिवर्तनले कोरोनालाई केहि असर हुँदैन, किनभने कोरोना मौसमी होइन ।
उनले कोरोनाबाट बच्नको लागि हात धुने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता नियम पालना गर्न पनि अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि