काभ्रेका चार गाउँपालिकाले अझै पठाएनन बजेट पारित विवरण
मिडिया क्लब नेपाल, काभ्रे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले आर्थिक वर्ष २०७७÷७८ को बजेट पारित भएको विवरण नपठाएको भन्दै तेस्रोपटक ताकेता गरेको छ ।
काभ्रे जिल्लाका चारवटा गाउँपालिकाले पनि आ.व. २०७७÷०७८ को बजेट पारि भएको विवरण पठाएका छन् । जिल्लाका खानीखोला गाउँपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका र भुम्लु गाउँपालिकाले विवरण पठाएका छैनन ।
स्थानीय तहहरूले आगामी आर्थिक वर्षको बजेट पारित गरेको विवरण संघीय मामिला मन्त्रालयको तोकिएको ढाँचामा पठाउन (वेबसाइटमा अपलोड गर्न) भन्दै आए पनि अझै नगरेपछि ताकेता गरेर पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।