बनेपा गोदामचोकका १२ वर्षीय बालकमा कोरोना संक्रमण
मिडिया क्लब नेपाल, काभ्रे । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ का एक व्यापारिका छोरामा कोरोना संक्रमण देखिएको छ । सर्लाही घर भई बनेपा न.पा. वडा नं. ७, गोदामचोक बस्दै आएका व्यापारिले कपडा (सिरक डस्ना) पसल चलाउँदै आएका थिए । सोही व्यापारीका १२ वर्षिय छोरामा कोरोना संक्रमण देखिएको छ ।
बालकमा संक्रमण देखिएसँगै सबै परिवार सदस्यको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा परीवारको रिपोर्ट भने नेगेटिभ आएको छ ।