‘अन्र्तराष्ट्रिय उडान सुरु हुनु अगावै श्रम स्वीकृति’
मिडिया क्लब नेपाल, काठमाडौँ । अन्तर्राष्ट्रिय उडान पूर्ववत अवस्थामा आएपछि वैदेशिक रोजगारमा जाने श्रमिकलाई श्रम स्वीकृति दिइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन् ।
मन्त्री रायले अहिले श्रमस्वीकृति प्रदान गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय उडान सुरु हुने बेलासम्म श्रम स्विकृति बारे टुंगोमा पुगिने मन्त्रीले बताएका छन् । कोरोनाको महामारी सुरु भएपछि सरकारले चैतको पहिलो सातादेखि नै श्रम स्वीकृति बन्द गरेको छ । बिदामा आएका श्रमिकलाई भने पुनः श्रमस्वीकृति दिँदै आएको छ ।