२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

पर्यटन क्षेत्रको डेढ खर्ब लगानी जोखिममा


मिडिया क्लब नेपाल, काठमाडौं । कोभिड–१९ का कारण नेपालको पर्यटन क्षेत्रका डेढ खर्बभन्दा बढी लगानी जोखिममा परेको बताइन्छ ।

नेपाल पर्यटन बोर्डले तयार गरेको कोभिड–१९ पछिको पर्यटन क्षेत्रको असरसम्बन्धी अध्ययनअनुसार कानुनी रुपमा सञ्चालन भएका पर्यटन क्षेत्रमा १ खर्ब ५३ अर्ब रूपैयाँको लगानी छ । यो निजी क्षेत्रको मात्रै लगानी हो । यस्तो लगानी पर्यटन क्षेत्रका होटल, एयरलाइन्स, रेष्टुराँदेखि पदयात्रा पर्वतारोहणका साथै जलयात्रालगायत छन् । कोभिड–१९ को मख्य प्रभाव पर्यटन क्षेत्रमा परेको छ । यो क्षेत्रमा २ लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

संयुक्त राष्ट्र सङ्घ, विश्व पर्यटन सङ्घले नेपालको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढीले रोजगारी पाएको उल्लेख गरेको छ । त्यस्तै सरकारी तथ्याङ्कले पनि पर्यटन क्षेत्रमा ६ लाख हाराहारीले रोजगारी पाएको विवरण छ । बोर्डले हालै गरेको द्रुत अध्ययनबाट झण्डै तीन लाखले पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा रोजगारी पाएको उल्लेख गरेको छ । सरकारले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुर्नरुत्थानका लागि चालु आवको बजेटमा १ खर्ब रूपैयाँको पुर्नरुत्थान कर्जाका साथै ५० अर्ब रूपैयाँको पुर्नरुत्थान कोषको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि