लकडाउनमा अत्याधिक बढे आत्महत्याका घटना
मिडिया क्लब नेपाल, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभड–१९) महामारी नियन्त्रण गर्न लकडाउन लगाइएपछि आत्महत्या गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल प्रहरीका अनुसार गत २०७६ चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनपछि २०७७ श्रावण ४ गतेसम्म २,२१८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ८११ महिला र २३५ बालबालिका पनि भएको प्रहरीको तथ्याङ्क छ ।
सामाजिक तथा पारिवारिक एकिकरणको चुनौती, संयुक्त बसाइसँगै परिवारमा बढ्न सक्ने अन्र्तवैयक्तिक समस्या, वेदेशिक रोजगारीमा जान वा अन्य प्रयोजनका लागि लिइएको ऋणको चर्काे ब्याजदरको समस्या, घरबाट टाढा रहँदा भोग्ने तनाव तथा आघातलै प्रदा गरेको मनोवैज्ञानिक समस्यासहित अन्य मनोसामाजिक कारणले आत्महत्याका घटनाहरु वृद्धि भइरहेको विज्ञहरुले बताउँदै आइरहेका छन् ।