४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

भ्रष्टाचारलाई बढावा दिने अख्तियारको ‘विवादित निर्णय’


मिडिया क्लब नेपाल, ब्युरो । भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने नियामक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमानै अनियमितता तथा भ्रष्टाचार भएका समाचारहरु बाहिरीरहन्छन् । यद्यपी यो सम्बन्धी अनुसन्धान तथा मुद्धा भने कमै भएका देखिन्छन् । यस्तै घटना तत्कालिन प्रमुख आयुक्त नविनकुमार घिमिरे बिदा हुनै लाग्दा पनि घटेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भदौ सप्ताहान्तमा कार्यकाल सकिएर बिदा हुनै लाग्दा गरेको निर्णय गम्भीर विवादमा तानिएको छ ।
आयोगले एक अर्बभन्दा बढी रुपैयाँ अनियमितता भएको भनिएको बहुचर्चित नेपाल आयल निमगको जग्गा खरिद प्रकरणमा मुद्दा चलाउन नपर्ने निर्णय गरेको खबर प्रकाशमा आएको छ ।
त्यसो त आयोगमा हुने राजनैतिक नियुक्तिले पनि भ्रष्टाचार जस्तो गम्भिर विषयमा पनि गहिरो अनुसन्धान हुदैन नेपालमा ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि