बनेपा डुबानमा, तमासे बनेका जनप्रतिनीधिका ३ वर्ष
मिडिया क्लब नेपाल, काभ्रे । बनेपा नगरपालिका पुलबजार लगायतका केही भूभागले वर्षेनी डुबानमा पर्ने गरेको छ । आज सोमबार परेको अविरल वर्षाले बनेपा पुलबजार डुबानमा परेको छ । डुबानले अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।
नदीको भाग अतिक्रमण गरी बनाइएका संरचनाले गर्दा डुबानमा परेको हो ।
यो समस्या यस क्षेत्रका पुरानो समस्या हो, चुनावमा राजनैतिक ऐजण्डा पनि बनाइएको थियो । तर जनप्रतिनीधि आइसकेपछि पनि यो समस्या भने समाधान हुन सकेको छैन ।
स्थानीय निर्वाचन भएको ३ वर्ष भइसक्दा पनि स्थानीय तहले पनि बनेपाबासीको यो समस्यालाई सम्बोधन गर्न सकेको छैन ।