माछापुच्छ्रे बैंकले १०.४% लाभांस वितरण गर्ने
मिडिया क्लब नेपाल, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको आज बसेको संचालक समितिको बैठकले गत आव (२०७६÷७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश अन्तर्गत बैंकले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर樂威壯
सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गर्नेसमेत निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । चुक्ता पूँजी ८ अर्ब ४५ करोड ८४ लाख रहको माछापुच्छ्रे बैंकको साधारण जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ संचित रहेको छ ।