सहकारी विभागले हालै ब्याजदर तोक्नु नितान्त अव्यवहारिक, सहकारी मर्म र व्यवसायिक सिद्धान्त विपरित छ
हरिभक्त कर्माचार्य
अध्यक्ष : श्री इन्दे्रश्वर बचत तथा ऋण सहकारी संस्था लि.
पनौती न.पा.–७, काभ्रे
सहकारी मन्त्रालय अन्तर्गत सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिले तोकेको १६ प्रतिशतको सन्दर्भ व्याजदर लाई हाल १४.७५ प्रतिशतमा सिमित गरि लागु गर्न लागेको विषय हालका लागि नितान्त अव्यवहारिक र सहकारी मर्म र व्यवसाय सिद्धान्त विपरित छ । किनकी सहकारी व्यवसाय सदस्यहरुको स–साना बचतलाई संकलन गरि पूँजी बनाई तीनै सदस्यलाई आर्थिक र सामाजिक रुपमा स्वरोजगार बनाउन स्थानीय स्रोत साधन उपयोग उन्मुख कृयाकलाप सञ्चालन गर्ने सहकारी मर्म र मान्यताका आधारमा चल्ने कुरा सबैलाई अवगत भएकै कुरा हो ।
यसबाट उत्पादन हुने वस्तु तथा दिने सेवालाई गुणस्तरिय र भरपर्दो बनाउनु पर्ने आजको आवश्यकता हो । हाल विश्वमा फैलिरहेको कोरोनाको कहर र देशले व्यवसायलाई सहि लयमा ल्याउन नसकिरहेको वा उत्पादनका साधनहरुलाई समानुपातिक ढंगले गतिशिलता दिन नसकिरहेको परिप्रेक्षमा एक त पूँजीको लागत बढेर र अर्को सहकारी व्यवसाय सञ्चालन लागतमा वृद्धि भएर ब्याजदर बढ्नु स्वाभाविक मान्नुपर्छ । तर उक्त सिफारिस समितिबाट गत वर्ष मात्र तोकेको सन्दर्भ व्याजदर लाई अहिलेको यो अवस्थामा घटाई हाल्नु मनासिव होइन । आङ कन्याउनु बाहेक केहि होइन जस्तो लाग्छ । यो पूर्ववत अवस्थामा तोकिनुपर्छ । बरु सहकारी जहाँ पुगेर सेवा दिएको छैन, त्यहांसम्म सहकारीलाई पु¥याउने विषय सम्बन्धित निकाय र सहकारी अभियन्ताहरूको प्राथमिकतामा पर्नु उचित हुनेछ ।