नेपाल–चीन सीमा : हुम्लानजिकै बनाइएका भवनको आवासीय प्रयोजनका लागि भएको निष्कर्ष
मिडिया क्लब नेपाल, काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमा क्षेत्रनजिकै आफ्नो देशको भूमिमा निर्मित भवनहरू स्थानीय बासिन्दाका लागि भएको बताएको छ ।
नेपालको स्थानीय तहका अधिकारीहरूले विगतमा आफूहरूले उपभोग गरिरहेको हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा चिनियाँ पक्षले यस वर्ष नौसहित ११ वटा भवन बनाएको बताएपछि यसै साता हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा टोलीले उक्त क्षेत्रको स्थलगत अध्ययन गरेको थियो ।
तर काठमाण्डूस्थित चिनियाँ दूतावासले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको र ती भवनहरू चिनियाँ भूमिमा नै बनेको दाबी गरेको छ ।
बुधवार नेपालको परराष्ट्र मन्त्रालयले ती भवनहरू नेपाली भूभागमा नबनेको सरकारी अभिलेखहरूले प्रमाणित गरेको जनाएको थियो ।