डा. युवराज खतिवडा राजदूत सिफारिस हुँदा व्यङ्ग्य र विरोध मात्रै
मिडिया क्लब नेपाल, काठमाडौं । केही समयअघि मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार भएदेखिनै सरकार र उनिमाथि व्यङ्ग्य र विरोध हुँदै आएको थियो । पछि प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार रहेका डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि गरिएको सिफारिसप्रति खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ताले धेरै व्यङ्ग्य गरेका छन् ।
विभिन्न देशका लागि राजदूत सिफारिस र मुख्य सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को बिहीवारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा चर्काे आलोचना र व्यङ्ग्यमिश्रित प्रतिक्रियाहरू व्यक्त भएका छन् ।
पहिला राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट मर्यादाक्रम घटाएर राष्ट्र बैंकको गभर्नर बनेका खतिवडा पुनः अर्थमन्त्रीको मर्यादाक्रमबाट घटेर राजदूतका लागि सिफारिस भएका छन् ।
संसदीय सुनुवाइबाट अनुमोदन हुनुपर्ने उक्त सिफारिसबारे डाक्टर खतिवडा स्वयम्ले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।