प्रधानमन्त्रीका दुई सल्लाहकारलाई कोरोना संक्रमण
मिडिया क्लब नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो । दुबैले शुक्रबार स्वाब दिएका थिए ।