७ मंसिर २०८१, शुक्रबार / Fri Nov 22, 2024

भयावह बन्यो कोरोना, सरकारद्वारा नियन्त्रण गर्न नसकेको स्विकार


मिडिया क्लब नेपाल, ब्युरो । आज देशभर ३४३९ जना नयाँ संक्रमित थपिए सँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएमा देशको स्रोत साधनले धान्न नसक्ने यस अघि नै बताइसकेको थियो ।
सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताएका हुन् ।
संक्रमणको दर धेरै बढेकाले नियन्त्रण बाहिर गइसकेको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै दशै तिहार जस्ता पर्व मनाउन पनि सरकारले आग्रह गरेको छ । आफु स्वस्थ रहे फेरीपनि चाडबाड मनाउन सकिने भन्दै प्रवक्ता ज्ञावालीले काठमाडौंबाट गाउँ जाँने र गाउँबाट काठमाडौं आउने गर्दा कोरोनको जोखिम पनि बढ्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि