काठमाडौं विश्वविद्यालयका ‘रिसर्चर’ आन्दोलित

काभ्रे । काठमाडौं विश्वविद्यालयका रिसर्चर आन्दोलित भएका छन् । गैरकानुनी ढंगबाट तलबमा ३० प्रतिशत कटौती भएको भन्दै रिसर्चरहरू आन्दोलित भएका हुन् । कटौती गरेको तलब तत्काल उपलब्ध गराउन माग गर्दै शुक्रबार धुलिखेलस्थित केन्द्रीय क्याम्पसमा रिसर्चरहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
विगत ६ महिनादेखि रिसर्चरको तलबमा ३० प्रतिशत काटिएको रिसर्चरहरुले बताएका छन् । प्रोजेक्ट लिडरले सबै तलब उपलब्ध गराउन भने पनि प्रशासनले नमानेको आरोप उनीहरुले लगाएका छन् ।
स्कुल अफ साइन्स र इन्जिनियरिङका रिसर्चर आन्दोलित भएका हुन् ।