काठमाडौं उपत्यकामा १४०९ सहित २०५९ जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार २७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा मात्र १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।