केयू प्राध्यापक संघको नयाँ कार्यसमिति गठन

काभ्रे । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो महाधिवेशन सम्पन्न भएको छ । चौथो महाधिवेशनबाट सभापतिमा प्रा.डा. विबेक बराल तथा महासचिवमा डा. विकास अधिकारी निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न भर्चुअल चौथौं महाधिवेशनले ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
विश्वविद्यायका पूर्वकुलपति तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यताम महाधिवेशन गरिएको थियो ।
संघले कोरोना महामारीको बेलामा पनि अनलाइन प्रविधिबाट पठनपाठन र महाधिवेशनसमेत सम्पन्न गरेको भन्दै संघको प्रशंसा भइरहेको छ ।
