काभ्रेको साँगामा कोरोनाका कारण एकै घरका दुई भाईको मृत्यु

काभ्रे । राजधानीबाट नजिक रहेको काभ्रे जिल्ला कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको छ । संक्रमित सँगसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
कोरोना भाइरसकै कारण जिल्लाको बनेपा नगरपालिका–१३, साँगा घर भएका एकै परिवारका दुई सदस्यको १० दिनको फरकमा निधन भएको छ । २०७७ असोज १८ गते ४५ बर्षिय भाईको निधन भएको १० दिन पछि २८ गते राति ५० बर्षिय दाजुको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मधुमेह रोगबाट पीडित ५० बर्षिय पुरुष भदौ २७ गते धुलिखेल अस्पतालमा भर्ना हुनु भएको थियो । निरन्तर आईसियुमा राखि उपचार गरि रहे पनि कोरोनाका कारण उहाँको मृत्यु भएको हो ।
सोही परिवारका अरु सदस्यहरुमा पनि कोरोना संक्रमण छ । संक्रमित केही सदस्यहरु भ्ने उपचारार्थ हुनुहुन्छ ।