२७ फाल्गुन २०८२, बुधबार / Wed Mar 11, 2026

बनेपाको कृष्णप्रसाद अस्पतालको पार्किङबाट स्कुटर चोरी


काभ्रे । बनेपाको चारदोबाटो स्थित कृष्णप्रसाद अस्पतालको परिसरमा पार्किङ गरिएको अवस्थामा रहेको बा ५३ प ९०४ नम्बरको रातो Pleasure स्कुटर असोज ३ गते सोमबार राती १०ः४५ बजे चोरी भएको छ ।
कृष्णप्रसाद अस्पतालमा कार्यरत डा. रोशन पोखरेलको नाममा रहेको उक्त स्कुटर सिसि क्यामेराको फुटेजमा चेक गर्दा एक जना अपरिचित व्यक्ति बाटोमा छेउभित्ता गर्दै मदिराको तालमा आएको आभास हुने गरी स्कुटर राखेको ठांँउमा गइ सो स्कुटर चोरी गरि गल्लीको बाटो हुँदै बनेपाको बसपार्क तर्फ लागेको क्यामेराको फुटेजले देखिएको छ । यद्यपी अहिलेसम्म चोरको पहिचान भने गर्न नसकिएको डा. पोखरेलले बताएका छन् ।
इलाका प्रहरी कार्यालयमा चोरी भएको भनि जानकारी गराइसकिएको पनि डा. पोखरेलले बताए । तर चोरी भएको स्कुटर प्रहरीले पनि फेला पार्न सकेको छैन ।

स्कुटर हराउदाको अवस्थामा क्यामेरामा कैद भएको दृश्य हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि