ट्रम्प अमेरिकी इतिहासकै गैर जिम्मेवार राष्ट्रपति : बाइडेन
राष्ट्रपतिको पदमा निर्वाचित जो बाइडेनले चुनाव जितेपछि पहिलो पटक हार मान्न अस्विकार गरिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पमाथि निशाना साँधेका छन् । बाइडेनले ट्रम्पलाई इतिहासका सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति बताएका छन् ।
हारिसकेपछि पनि जिद्दी गरिरहेका ट्रम्पले देशको लोकतन्त्रलाई पनि हानी पुर्याइरहेको उनले बताएका छन् ।
यसैबीच जर्जियामा भएको पुनः मतगणनामा पनि बाइडेनले नै जीत हासिल गरेका छन् । एक रिपोर्टका अनुसार बाइडेनले हालसम्म ८ करोड पपुलर भोट अर्थात जनताको मत पाइसकेका छन् ।